
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ। अहिलेको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले करिब ५० लाख मत पाएको छ।
निर्वाचन आयोगले बिहान ८ बजे सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कुल १ करोड दुई लाख ५३ हजार ३७७ मत गणना भइसकेको छ। यसमा रास्वपाले ४९ लाख ६७ हजार ०४३ मत पाएको देखिएको छ।
यसैबीच नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ लाख २४७, नेपाल कम्युनिष्ट पार्टीले ७ लाख ६१ हजार ६८०, श्रम संस्कृति पार्टीले ३ लाख ४९ हजार १४० र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेका छन्।
हालसम्म समानुपातिक तर्फ रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सबैले थ्रेसहोल्ड कटाइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे