
काठमाडौं । चन्द्र भण्डारीले गगन कुमार थापाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनु भन्दा छिट्टै पार्टीको महाधिवेशन गरिनु नै राम्रो विकल्प हुने बताएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिले राजीनामा दिने समय नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका हुन्। उनका अनुसार कांग्रेसको पछिल्लो अधिवेशन नियमित समयमा नभएकाले अहिले नेतृत्व परिवर्तनको विषय महाधिवेशनमार्फत टुंग्याउनु उचित हुन्छ।
उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई बचाउनु आफैंमा ठूलो नैतिक जिम्मेवारी भएको बताएका छन्। भण्डारीका अनुसार पछिल्लो समय धेरै युवाहरू कांग्रेसबाट टाढा हुँदै गइरहेका छन्, जसले पार्टीका लागि चुनौती थपेको छ।
यस्तो अवस्थामा समस्या देखेर जिम्मेवारी छोडेर हिँड्नु भन्दा पार्टीलाई सुधार गर्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ। उनले पार्टीलाई नयाँ सोच, नयाँ नेतृत्व र नयाँ ऊर्जा आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
भण्डारीले नेतृत्वले समस्या समाधान गर्न पहल गर्नुपर्ने र संगठनलाई मजबुत बनाउने दिशामा काम गर्नुपर्ने बताएका छन्। इच्छाशक्ति र साहस भए अझै पनि कांग्रेसलाई बलियो बनाउने सम्भावना रहेको उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे