• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

१ घण्टा अघि
२

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

१ घण्टा अघि
३

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

१७ घण्टा अघि
४

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

१७ घण्टा अघि
५

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

२0 घण्टा अघि
६

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

२१ घण्टा अघि
७

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

२२ घण्टा अघि
८

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

२३ घण्टा अघि
९

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

२३ घण्टा अघि
१०

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

२३ घण्टा अघि
११

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

२३ घण्टा अघि
१२

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)

८ मार्च : भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

  • 2,334 Views
  • पोखरा, २४ फागुन । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीकाे धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नाे विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताकाे परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षकाे यात्रा तय गरेर गाउँपालिकाकाे जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेकाे बताउँछिन् ।

    ‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दु:ख व्यहाेर्नुपरेन । गाह्रो त कति भयो भयाे, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला भन्ने लाग्छ ।’

    उनले उमेर ढल्केपछि उच्च शिक्षा प्राप्त गरिन् । १२ वर्ष हुँदा गाउँकै स्कुलबाट कक्षा ५ सकेकी उनलाई गाउँमा त्योभन्दा माथि पढ्न नपाए पनि अर्को गाउँमा जान अभिभावकले दिएनन् । घरको एउटै छोरी भएकोले पनि बाबुआमाले धेरै प्यारमा हुर्काए । तर, उनले आफ्नो जिन्दगी सधैँ अँध्यारो देखिन् । जसको जग्गा जमिन धेरै छ, भेडाबाख्राको बगाल ठूलो छ, उही सम्पन्नशाली मान्ने समाजकी थमसरा २४ वर्षसम्म भेडीगोठ र गाईभैंसीको पछि लागेरै बिताइन् ।

    ‘गृहणीजस्तै भएर बिताएँ । अर्को स्कुलमा गयो भने त उतैबाट जात नमिल्ने केटोसँग बिहे गरेर जान्छे भनेर पढ्न पठाउनुभएन,’ उनी भन्छिन्, ‘२४ वर्ष लागेपछि फेरि पढ्नुपर्छ भन्ने लाग्यो । म कक्षा ८ मा भर्ना हुन गएँ । एक महिना पढेर परीक्षा दिएँ । त्यसपछि कक्षा ९ र टेष्ट सजिलै पास भएँ । एसएलसीमा विषय लाग्यो । अनि कक्षा ९ मै भर्ना भएर फेरि एसएलसी दिएँ, सजिलै पास भएँ ।’

    थमसराको पढाइ यतिमा मात्रै रोकिएन । त्यसपछि उनी अहेब पढ्न गइन् । फर्केर एक वर्ष फेरि गाउँकै प्रोजेक्टमा काम गरिन् । उमेर र अनुभवले होला, उनले आफ्नो जिम्मेवारी सजिलै पूरा गरिन् । सबैसँग घुलमिल भइन् र गाउँको विकासमा जुटिन् । उनलाई लाग्यो, ‘क्षमता भएन भने सानै पदमा काम गरेर जिन्दगी बित्ने रहेछ ।’

    त्यसपछि इन्टर पढ्न उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । सजिलै पास गरिन्, स्नातक तह बागलुङ क्याम्पसबाट पूरा गरिन् । त्यतिबेलासम्म थमसरा गाउँकै स्कुलको शिक्षिका भइसकेकी थिइन् । अब उनको जिम्मेवारी अझै बढ्यो, गाउँले भेला भएर उनलाई प्रधानध्यापक बनाइदिए । स्नातक सकिँदा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा निर्वाचित भइन् । ‘दुई दिन हिँडेर जिल्ला जानुपर्थ्याे। स्कुलको जिम्मा पाएपछि सधैँ गइरहन पनि पाइँन। स्कुल सोचेभन्दा राम्रो भयो, अनेमसंघ र डिग्री राम्रो भएन,’ उनले थपिन्, ‘डिग्री चाहिँ बल्लबल्ल अध्यक्ष भएपछि पास गरेको हुँ ।’

    उनी अहिले नेकपा एमालेको जिल्ला उपसचिवको रूपमा कार्यरत छिन् । ‘मलाई पदको लोप छैन । पार्टीमा जिम्मेवारी पाएँ, सरकार सम्हाल्ने जिम्मेवारी पाएँ । शिक्षक हुँदा पनि प्रअ भएर काम गरेको हुँ । कुनै पनि पद मैले अड्डी कसेर पाएको हैन,’ थमसराले थपिन्, ‘अब पनि ठूलो अपेक्षा छैन । कुनै बेला पार्टीको मत संरक्षण गर्नुपर्ने भयो भनेर प्रयोगमा आएँ, कुनै बेला सामाजिक परिचालकको क्षमता छ भनेर जिम्मेवारी दिए । अब पनि पार्टीले यहाँ उपयुक्त छस् भनेर दियो भने काम गर्ने हिम्मत छ ।’

    २०५४ सालमा वडा सदस्य बन्दा उनले राजनीति गरुँला र यति ठूलो पदमा पुगुँला भन्ने सोचेकी पनि थिइँनन् । अहिले देशभरका ७५३ स्थानीय तहमध्ये १८ वटा स्थानीय तहमा महिला प्रमुख छन् । गण्डकी प्रदेशमा चार जना मात्र महिला प्रमुख छन् । गण्डकीका चारै जना महिला प्रमुखले पुरुषलाई चुनावमा हराएका हुन् । थमसरा तिनै मध्येका उदाहरणीय अध्यक्ष हुन् । ‘सजिलो त पक्कै थिएन । चुनौतीको पनि कुरै छोडौं, केन्द्र विवाददेखि जनतालाई चाहिने कार्यालय र पूर्वाधार थिएन । यस्तो बेला सरकार चलाउन त सजिलो छँदै छैन । दु:खबाटै पाँच वर्ष बित्यो,’ उत्तरार्द्ध पुग्दै गर्दा उनले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मैले चुनौती र अवसर दुवै हिसावले लिएँ । त्यहि काम पुरुषले गर्न नसक्दा विचरा गर्न सकेन भन्छन् । त्यहि प्रकृतिको काम महिलाको ठाउँमा भए महिला त हो, के गर्न सक्थी भनेर आलोचना गर्छन् ।’

    आफ्नो अगाडि कसैले विभेदको स्वर ननिकाले पनि व्यवहारबाट धेरै पटक विभेद व्यहोरेको उनको अनुभव छ । ‘पार्टीभित्र र विभिन्न सरोकारवाला निकायबीचमा पनि महिलालाई हेर्ने दृष्टीकोण र विश्वास गर्ने वातावरण फरक भयो । पुरुष नेताहरू स्वभावैले कार्यकर्तासँग बसेर खाइपिइ गर्छन् । रातको बेला पनि गइदिने र रमाइलो गरिदिने गर्छन् । उधारो भए पनि सहयोग गर्छन्,’ उनले भनिन्, ‘मैले त्यसो गर्न सकिनँ । महिला भएपछि पैसा खर्च गर्न सक्दिनँ, कार्यकर्तासँग सामिप्यता हुँदैन भन्छन् । माथिल्लो तहको कर्मचारीसँग नेताहरूले गेट टुगेदर गर्नुपर्छभन्दा रहेछन् । मैले त्यो गर्न सकिनँ । फेस टू फेस त मैले विभेद भोगिनँ । तर, म महिला भएर यसरी हेरेको होला कि भन्ने महसुस भने गरें ।’

    माथिल्ला सरकारबाट पर्याप्त सहयोग नपाएको उनको गुनासो छ । ‘माथिल्ला सरकारले धेरै बेवास्ता गर्‍यो । कर्मचारी सरुवा भएर गएपछि पठाउन ढिलो गर्ने । धेरै धाउनुपर्ने । नेतालाई नै गुहार्नै पर्ने भयो । अनुदान र बजेट ल्याउन पनि साह्रै गाह्रो भयो । पठाए पनि थोरै पठाइदिए,’ थमसरा भन्छिन्, ‘अरु पालिका सानो र कम जनसंख्या हुँदा पनि संघ र प्रदेशको बजेट खात लाग्थ्यो । तर, मैले सानो बजेट माग गर्दा पनि दौडधुप धेरै गरें ।’

    जति काम गरे पनि नेपालका जनताहरू सत्ताको विपक्षमा हुने भएकोले आलोचना धेरै सहेको उनको अनुभव छ । चुनौतीकै चाङबाट आफूले पालिकाभित्र केही आशालाग्दा र नागरिकले सम्झन लायक काम गरेको दाबी गर्छिन्, थमसरा । ‘म निर्वाचित भएको बेला विद्युत् प्रशारण लाइन सिमानासम्म पनि पुगेको थिएन । अहिले केन्द्रीय प्रशारण लाइन, माईक्रो हाईड्रो र सोलार गरेर उज्यालो पालिका घोषणा गर्ने बेला भएको थियो । तर, अघिल्लो वर्षको बाढीपहिरोले अवरोध भयो । हाम्रो पालिकामा सडक कालाेपत्रे र ढलान त सम्भव थिएन । वर्षमा ८ महिना भए पनि गाडी चलाउने बाचा जनतासँग गरेका थियौं । मैले त्यो पूरा गरेको छु,’ उनले थपिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएका छौं । हाम्रो पालिका सामान्य सिटामोलका लागि पनि २-३ घण्टा हिँडेर जानुपर्ने बाध्यता भएको गाउँहरूले भरिएका छन् । त्यहाँ जनसंख्याको आधारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ । औषधि र कर्मचारीको व्यवस्था गरेका छौँ । सामान्य बालविकासको शिक्षा पाउन पनि घण्टौं लगाएर जानुपर्ने अवस्था छ । त्यस्ता बालबालिकालाई आवासीय विद्यालय चलाएका छौं । यो धेरैपछि नागरिकहरुले सम्झने छन् ।’

    नियमित काममै अलमल भइरहेको बेला दुई वर्षअघिको बर्खामा धवलागिरी थिलथिलो हुने गरी बाढी र पहिरोले सकस पार्‍यो । नागरिकका घरहरू ढले । तर, थमसरा विचलित नभई नागरिकलाई अभिभावकीय छहारी दिइरहिन् । ‘पहिलो चरणमा ५९ घर सूचिकृत गरेका थियौं । १४ घर मोनाले बनाइदियो । बाँकी घर पालिकाले स्टिमेट गरेर बनाइरहेको छ । उनीहरूले तेस्राे किस्ता पाउँदैछन्,’ थमसराले भनिन्, ‘धेरै जसोले घर बनाएर बसिसकेका छन् ।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    १ घण्टा अघि

  • २

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    १ घण्टा अघि

  • ३

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    १७ घण्टा अघि

  • ४

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    १७ घण्टा अघि

  • ५

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    २0 घण्टा अघि

  • ६

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    २१ घण्टा अघि

  • ७

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    २२ घण्टा अघि

  • ८

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    २३ घण्टा अघि

  • ९

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    २३ घण्टा अघि

  • १०

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    २

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution