
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ मा विमानस्थलमा प्रदर्शन गर्ने केही समूह र राजनीतिक दलको घोषणा भएपछि यो निर्णय गरिएको हो।
अब विमानस्थल परिसरमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न पाइने छैन। यसमा गोल्डेन गेटदेखि आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रसम्म सबै समावेश छन्। प्रशासनले भन्यो, यस्तो संवेदनशील क्षेत्रमा भीडले तोडफोड वा आगजनी जस्ता घटना गराउन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो।
निषेध क्षेत्र बाहेकका स्थानमा नागरिकले शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने अधिकार पाउनेछन्। सरकारी वा निजी सम्पत्तिमा क्षति भए आयोजकले क्षतिपूर्ति दिनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे