
काठमाडौँ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना।७।ख ६०४८ नम्बरको बसमा बिहीबार बिहान आगो लागेको छ। घटना तौलिहवा–भैरहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहान करिब ४ बजे भएको हो।
बस गुडिरहेको अवस्थामा अचानक आगो बसको बायाँ पाङ्गामा लागेको थियो। यात्रुहरूले बस सडक छेउमा रोकें र स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट आएको दमकलले आगो निभाउन प्रयास गरे। बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् र घटनामा मानवीय क्षति भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे