
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूलाई समयमै आफ्नो घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी सबै राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउनुपर्नेछ। यो निर्देशन निर्वाचन आचारसंहिता २०८२ अनुसार जारी गरिएको हो।
विज्ञप्तिमा दलहरूले आफ्नो घोषणापत्र आयोगमा पेस गर्नुपर्ने र उम्मेदवारहरूले भने सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ। आयोगले यो व्यवस्था दलसम्बन्धी ऐन २०७३ अनुसार गरिएको बताउँदै सबै दल र उम्मेदवारलाई समयसीमाभित्र घोषणापत्र बुझाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे