
काठमाडौँ। सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा रुकुम पूर्व, सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेका छन्। उनी रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै थिए। दुर्घटना बुधबार बिहान करिब पौने ५ बजे कपुरकोट गाउँपालिका–३, चोरखोलामा भएको हो। घटनास्थलमै चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सिस्ने–२ की २२ वर्षीया सुस्मी रोका, उनका २ वर्षीया छोरी सफलता केसी र सिस्ने–४ की ३८ वर्षीया ललिता केसी रहेका छन्। उनीहरूको प्राथमिक उपचार कपुरकोटस्थित आधारभूत स्वास्थ्य संस्थामा गरिएको थियो र थप उपचारका लागि प्रादेशिक अस्पताल, तुलसिपुर पठाइएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटना भएको हो। जिपमा चार जना सवार थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे