
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने उक्त स्थानबाट बस तामाकोशीखसेको हो ।रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाका अनुसार काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस त्रिवेणी ९मन्थली० नजिकै दुर्घटना हुँदा ३ जना यात्रुको मृत्यु भएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे