
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा देखाएको विश्वास अब मतमा परिणत गर्न मतदातालाई आग्रह गरेका छन। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर(२ झुम्कामा आयोजित कार्यक्रममा थापाले स्थानीय नेता र कार्यकर्तासँग कुरा गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन सबैलाई अनुरोध गगरेका थिए।
थापाले मतदातालाई सोधे, “तपाईंहरूले मलाई र काँग्रेसलाई विश्वास गर्नुभयो, माया गर्नुभयो। अब कृपया यही विश्वासलाई भोटमा परिणत गर्नुहोस् र यस क्षेत्रबाट काँग्रेसलाई जिताउन सहयोग गर्नुहोस्। बाँकी काम म पूरा गर्नेछु।” उनले भने , नयाँ नेतृत्वमा आएको काँग्रेस भ्रष्टाचारको अन्त्य र सुशासनको लागि ठोस योजना सहित काम गर्नेछ। थापाले जनतासँग प्रतिवद्धता जनाउँदै, उनीहरूको विश्वास अनुसार सुधार र विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘मैले तपाइहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौ, कांग्रेस बदलिएर आएको छ। ‘
थापाले मतदातालाई पार्टीप्रति विश्वास कायम राखेर आगामी चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरेका छन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे