
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध गोदाममा छापा मार्दा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा राखिएको कपडा बरामद गर्न खोज्दा स्थानीय व्यापारी समूहले प्रहरीमाथि आक्रमण गरेको थियो।
स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो । प्रहरीका अनुसार सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ र घटनामा संलग्न अन्य व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ।
छापामा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे