
काठमाडौँ —नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा पूर्वाधार विकास ढिलो हुनुको कारण सतही होइन, गहिरो प्रणालीगत समस्या भएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले ठेकेदारलाई धम्क्याउने, कर्मचारीलाई गाली गर्ने वा निर्देशन मात्रै दिएर विकास हुँदैन भन्दै अबको पाँच वर्षमा पूर्वाधार क्षेत्रमा ठुलो परिवर्तन गर्ने स्पष्ट योजना आफूसँग रहेको दाबी गरे।
नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजना जस्ता ठूला परियोजना वर्षौँसम्म अलपत्र पर्नु पुरानै काम गर्ने शैलीको नतिजा भएको उनले बताए। उनका अनुसार कानुन सुधार, सुशासन, स्रोत व्यवस्थापन, नयाँ कार्यमोडेल, निजी क्षेत्रसँग सहकार्य र कडा अनुगमन बिना समस्या समाधान हुँदैन।
थापाले सडक बनेपछि फेरि खानेपानी, ढल र फाइबरका लागि खन्ने प्रवृत्तिले लागत बढ्नुका साथै देशले ठुलो अवसर गुमाइरहेको बताए। ‘लक्षण होइन, समस्याको जरोमै उपचार गर्नुपर्छ,’ उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे