
काठमाडौँ — सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोग गर्न नपाइने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिले आगामी फागुनमा हुने निर्वाचनका क्रममा ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिसकेको जानकारी दि।
उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको आधुनिक युनिटलाई थप सक्रिय बनाइनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै गलत, भ्रमपूर्ण वा घृणास्पद सामग्री फैलाउने व्यक्तिको निगरानीमा विशेष टोली खटाइएको छ।
प्रवक्ता काफ्लेले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले कडा निगरानी गरिरहेको बताए। साथै, निर्वाचन प्रहरीको बिमा, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान र आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सबै निकायलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे