
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको अवस्थामा रहेको बताउँदै देश सम्हाल्ने शक्ति आवश्यक रहेको बताएका छन्। कांग्रेस कास्कीको सभामा उनले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रप्रति अविश्वास बढिरहेको बताउँदै यस्तो बेला जिम्मेवार राजनीतिक शक्ति आवश्यक रहेको जोड दिए ।
सभापति थापाले भने, “आगो लगाउन सजिलो छ, निभाउन धैर्यता र क्षमता चाहिन्छ। चेतनाको राजनीति गर्ने शक्ति चाहिन्छ, त्यो कांग्रेस हो।” उनले मुलुकको मुख्य समस्या भ्रष्टाचार भएको र यसविरुद्ध नेपाली कांग्रेसको भूमिकालाई महत्त्वपूर्ण बताउनुभयो। पार्टीका नेता कार्यकर्तालाई घरदैलोमा गएर नागरिकलाई सुधार र देश सम्हाल्ने सन्देश पुर्याउन आग्रह गरेका छन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे