
काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनी चोभर क्षेत्रमा पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
यसअघि पनि माघ ५ गते प्रसाईंलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो र माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो। उनी कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विवादित अभिव्यक्तिका कारण ५२ करोड रुपैयाँ निर्वाचन आयोगलाई दिएको भन्ने मुद्दासँग जोडिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे