
काठमाडौँ – नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका धेरै ठाउँमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो देखिएको छ।
मंगलबार दिउँसो हिमाली क्षेत्रमा बादल लाग्नेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बादल रहनेछ भने तराईका धेरै स्थानमा मौसम प्रायः सफा रहने अनुमान छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुन सक्छ।
राति पनि यस्तै मौसम रहनेछ। तराईमा कुहिरोको असर रहँदा चिसो बढ्ने सम्भावना छ। यसले जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा असर पार्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे