
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज शीतलनिवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुग्नु भएको थियो । भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।
भेटका क्रममा समसामयिक राष्ट्रिय विषयमा दुई नेताबीच विचारविमर्श भएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था, विकसित घटनाक्रम तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा छलफल केन्द्रित थियो ।
उच्च तहको यस भेटलाई वर्तमान राजनीतिक परिवेश र निर्वाचन तयारीका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे