
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफ्ना निकटका केही नेताहरूसँग परामर्श गरेपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन्।
डा. भट्टराईको सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अभिभावकीय भूमिका निर्वाह गर्दै सहजीकरण गरिदिन आग्रह गरेपछि उनले यस्तो निर्णय लिएका हुन् । गोरखा–२ बाट डा. भट्टराई यसअघि पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका अनुभवी नेता हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे