
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन ऐन २०७४ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने हुँदा चौधरीविरुद्ध बुधवार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
सोही प्रावधानअनुसार परेको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेज हुने सूचना टाँस गरेको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो । नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे