
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दर्ता भएका उम्मेदवारका बारेमा कुनै आपत्ति भए आज सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दिन सकिने आयोगले जानकारी दिएको हो।
आयोगका अनुसार माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णय गरिनेछ र त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउने व्यवस्था गरिएको छ।
त्यही दिन दिउँसो ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी साँझसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपटक कुल २ हजार ९२५ जनाले उम्मेदवारी दिएका छन्, जसमा ३३६ महिला र २ हजार ५८९ पुरुष छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे