
काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले दिएको उजुरीमा तत्काल रोक लगाउने आदेश दिन मानेन।
देउवा पक्षले विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति बनेको निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत गएको थियो। तर अदालतले यस विषयमा अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश नदिएपछि गगन थापाले कांग्रेस सभापतिका रूपमा काम गर्न पाउने बाटो खुलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे