
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवा डडेल्धुरा निर्वाचन क्षेत्रबाट फेरि चुनाव लड्न इच्छुक थिए र पार्टीसँग टिकट पनि मागेका थिए। तर नेपाली कांग्रेसले उनलाई यसपटक टिकट नदिने संकेत गरेको थियो।
डडेल्धुरामा वि.सं. २०४८ यता निर्वाचन क्षेत्रको संख्या परिवर्तन भएको छैन। एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट भएका सातवटै निर्वाचनमा देउवा निरन्तर विजयी हुँदै आएका थिए। उनी सोही जिल्लाबाट अविजित रहँदै पाँच पटक प्रधानमन्त्रीसमेत बनेका हुन्।
यसपटक भने डडेल्धुराबाट कांग्रेसको उम्मेदवार फेरिएको छ। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैन सिंह महरले डडेल्धुराबाट चुनाव लड्ने भएका छन्। ३४ वर्षपछि डडेल्धुरामा कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे