
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ निर्वाचन क्षेत्रबाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले उनलाई आधिकारिक टिकट दिएको हो।
आशिका तामाङलाई पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट हस्तान्तरण गरेका हुन्। केही दिनअघि उनी सक्रिय राजनीतिमा प्रवेश गर्ने सोचमा रहेको बताएकी थिइन् र प्रारम्भमा स्वतन्त्र उम्मेदवारी दिने योजना बनाएकी पनि थिइन्। तर अब रास्वपाको टिमबाट चुनाव लड्ने तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे