
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने दबाब नेताहरूले बढाएका छन्। पार्टीको नियमित महाधिवेशन समयमै हुन नसकेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने तयारी थालेका छन्। यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल समेत बुक गरिएको छ।
नेताहरूको तर्क छ कि हालको नेतृत्व र नीति जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा आगामी निर्वाचनको लागि पर्याप्त छैन। त्यसैले पार्टी विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रहेको उल्लेख गर्दै उनीहरूले यसलाई अर्को विकल्प नभएको बताएका छन्। विशेष महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएकाले कसैको व्यक्तिगत छनोटमा आधारित नभएको पनि विज्ञप्तिमा उल्लेख छ।
विशेष महाधिवेशन पक्षका नेताहरूले पार्टी विधानको पालना नगर्ने हो भने संविधान र विधिको शासनप्रति नागरिकको विश्वास कमजोर हुने चेतावनी दिएका छन्। उनीहरूले २०८२ पुस २८ भित्रै पार्टी विधानको सीमाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने जोड दिएका छन्।
यस कार्यक्रमले पार्टीभित्र नेतृत्व र नीतिमा आवश्यक संशोधन र स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे