
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हामी नेपालका संयोजक सुदन गुरुङप्रति खुलेर प्रशंसा गरेका छन्। सुदन गुरुङसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै मेयर बालेनले देशका लागि सुदनले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण भएको बताएका छन्।
बालेनले आफ्नो पोस्टमा धेरैले “देश बनाउनु पर्छ” भनेर कुरा गर्ने गरे पनि वास्तवमा त्यसका लागि काम गर्ने मान्छे कम हुने उल्लेख गरेका छन्। उनले भनेका छन्, देश बनाउन चाहना देखाउनु मात्र पर्याप्त हुँदैन, त्यसका लागि अगाडि बढेर जिम्मेवारी लिने र जोखिम मोल्ने मानिस नै वास्तविक रूपमा महत्वपूर्ण हुन्छ।
मेयर बालेनका अनुसार सुदन गुरुङले देशका लागि जुन योगदान दिएका छन्, त्यो योगदानलाई नेपालले लामो समयसम्म सम्झिरहनेछ। उनले भावनात्मक शब्दमा सुदनले निर्वाह गरेको भूमिकालाई यो देशले सय वर्षसम्म पनि नबिर्सिने दाबी गरेका छन्।
पोस्टको अन्त्यमा बालेनले सुदन गुरुङप्रति आत्मीयता प्रकट गर्दै “लभ यू, ब्रदर” लेखेका छन्। सामाजिक सञ्जालमा मेयर बालेनको यो अभिव्यक्तिले धेरैको ध्यान तानेको छ र सुदन गुरुङको भूमिकाबारे थप चर्चा सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे