
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावमा चुनौती दिएका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिए पनि त्यहीँ पराजित गर्ने दाबी गरेका हुन्।
धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ।” साम्पाङले बालेनले जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए पनि आफ्नो पार्टीले हराउने दाबी गरेका हुन्। साम्पाङले वैकल्पिक शक्तिको रूपमा उदाएका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङमाथि एमसीसी पक्षधर भएको आरोप समेत लगाए। उनले यी तीनै जना ‘देश बेचुवा’ भएको भन्दै आक्रोश पोखेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे