
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन्। महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने स्पष्ट पारेका हुन्।
यसअघि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री प्रदीप पौडेलले पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सार्वजनिक घोषणा गरिसकेका छन्। शर्माले नयाँ अनुहारलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै युवाहरू र नयाँ व्यक्तिहरूलाई अवसर दिन पार्टीले साहसिक निर्णय गर्नुपर्ने बताएका छन्। पार्टीभित्र नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको सन्देश दिनकै लागि आफूहरूले यस्तो निर्णय गरेको नेताहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे