
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका छन्। उनीहरूबीच बिहान १० बजेदेखि भेटवार्ता भइरहेको स्रोतले जनाएको छ। भेटपछि मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु जानेछन् भने त्यसपछि दिउँसो १२ बजे प्रचण्डसँग भेट गर्नेछन्। स्रोतका अनुसार मन्त्री खरेलले नेताहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन आग्रह गरेका छन्। पछिल्लो समय खरेलको सक्रिय भेटघाटलाई निर्वाचन तयारीसँग जोडेर हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे