
काठमाडौँ — निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी जिम्मेवारी तोकेको छ। आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ। कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापा नियुक्त भएका छन्।
निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते नामावली प्रकाशन, दाबी विरोध र उजुरी छानबिन हुनेछ। पुस २२ गते अन्तिम नामावली प्रकाशित हुनेछ। पुस २३–२७ सम्म उम्मेदवारी प्रक्रिया, विरोध उजुरी र नाम फिर्ता लिने समय तय गरिएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे