
काठमाडौँ — राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ। विभागका अनुसार हालसम्म तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ, जसका कारण आवश्यक परेकालाई तत्कालै राहदानी दिन सकिने अवस्था बनेको छ।
यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो। राहदानी पुस्तिकाको आपूर्ति पूरा भएसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी वितरण सुरु गरेको जनाएको छ।
अब जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका नागरिकले सहज रूपमा राहदानी प्राप्त गर्नेछन्। गत मङ्सिर १५ गतेसम्म आवेदन दिएकालाई पुस १५ गतेभित्र राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः वितरण गरिने विभागले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे