
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच मध्यरातमा भेटवार्ता भएको छ। उक्त भेटप्रति रास्वपाका केन्द्रीय सदस्य असिम शाहले यसलाई सकारात्मक र सुखद सुरुवातका रूपमा टिप्पणी गरेका छन्।
गएराति असिम शाहको म्युजिक कम्पनी ‘जी–२१’ को कार्यालयमा रवि लामिछाने र मेयर बालेन साहबीच भेट भएको हो। भेटपछि दुवै जना एउटै सवारीसाधनमा बाहिरिएका थिए।
भेटमा सहभागी असिम शाहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र आपसी सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विषयमा संवाद भएको थियो। शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ’ भन्दै भेटलाई अर्थपूर्ण रूपमा व्याख्या गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे