
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् ।सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्।
अदालत परिसरबाट बाहिरिने क्रममा लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नुभएको रहेछ। उहाँले कहाँ–कहाँ गुन लगाउनुभएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानुपर्ने छ।’ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे