
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको क्षेत्रीय कमिटीले ओलीको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरेको जनाएको छ।
प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूचीमा ओलीसहित पाँच जनाको नाम समावेश गरिएको छ। सूचीमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारी रहेका छन्। सिफारिस भएका उम्मेदवारमध्ये अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वले लगाउने राप्रपाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे