
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी तथा पदाधिकारीहरूको संयुक्त बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे काठमाडौंस्थित कार्की ब्यांक्वेटमा आयोजना हुनेछ।
यो बैठक हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो औपचारिक बैठक हो। बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।
११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथग्रहण गरिसकेका छन्।
महाधिवेशनमार्फत एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। आजको बैठकलाई पार्टीको भावी कार्यदिशा र संगठनात्मक संरचना तय गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे