
काठमाडौँ — नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम परिणामअनुसार ओलीले १६६३ मत प्राप्त गर्दै पार्टी अध्यक्षमा तेस्रो कार्यकालका लागि भारी मतको साथ विजयी भएका हुन्।
निर्वाचनमा जम्मा २२२७ मत खसेको थियो। निर्वाचन आयोगले मतगणना प्रक्रिया पूरा भइसकेपछि केही समयपछि आधिकारिक परिणाम सार्वजनिक गर्ने जनाएको छ। ओलीको तेस्रो कार्यकालले पार्टीको नेतृत्वलाई निरन्तरता दिने र आगामी राजनीतिक चुनौतीहरूमा स्थिरता ल्याउने विश्वास व्यक्त गरिएको छ।
पार्टीभित्रको प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रिया र ओलीको स्पष्ट जनसमर्थनले एमालेको आन्तरिक लोकतान्त्रिक संरचना बलियो रहेको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे