
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो अग्रता फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १७७ मत पाएका छन्।
नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान करिब ७ बजे सम्पन्न भएको थियो। मतदान सकिएसँगै भृकुटीमण्डपमा मतगणना जारी रहेको छ।
त्यसैगरी महासचिव पदतर्फ पनि प्रतिस्पर्धा रोचक देखिएको छ। हालसम्मको मतगणनाअनुसार शंखर पोखरेलले अग्रता कायमै राख्दै ३६४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ३०२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको र थप विवरण क्रमशः सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे