
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ मा तय गरिएको चुनावको मिति केही पर सरेर वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।सरकारले प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा गर्ने घोषणा गरिसकेको छ। तर शर्मा भन्छन्—यदि राम्रो र विश्वसनीय निर्वाचन वातावरण बनाउन, र हिमाली क्षेत्रमा बस्ने जनतालाई सहज बनाउन मिति केही सारेर वैशाखमा राख्नुपरे पनि त्यसमा आपत्ति गर्नु हुँदैन।
उनका अनुसार चुनाव ढिलो भए पनि वातावरण विश्वासिलो, सबै क्षेत्रका मानिसलाई सहज र सुरक्षित हुने हुनुपर्छ। सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हामीले सहमति र सहकार्य गरेर आगामी राजनीतिक यात्रा सहज बनाउनु हाम्रो सबैको जिम्मेवारी हो।”
अर्थात्, देशको राजनीतिक स्थिरता, जनताको सहज सहभागिता र विश्वास कायम गर्न चुनावको मिति अलि परे पनि ठीकै मान्नुपर्छ भन्ने उनको बुझाइ हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे