
काठमाडौँ । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू अमेरिका भागेर आएको भन्ने कुरालाई असत्य भएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेखेर उनले केही मिडियाले लेखेजस्तै भागेर अमेरिका नआएको स्पष्ट पारेका हुन्।
धुर्मुसका अनुसार उनीहरूले अमेरिका आउन ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ दुई वर्षअघि नै नेपालबाट लिएर राखेका थिए। अहिले भने उनीहरू छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएको उनको दाबी छ।
उनको भनाइमा अमेरिकामा यस्तो ग्रीनकार्ड भएकाहरूका बच्चाले कम आम्दानी भएको आधारमा निःशुल्क उपचार पाउँछन्, त्यसैले नेपालमा आर्थिक समस्या हुँदा छोरीको स्वास्थ्यका कारण अमेरिका आएको बताए।
धुर्मुसले लेखेका छन्—नेपालमा कलाकारिताबाट गुजारा गर्न नसकेपछि र भविष्य अनिश्चित बन्दै गएपछि आफूहरूले ३ वर्षअघि नै यो ग्रीनकार्डका लागि आवेदन दिएका थिए। उनको पहिलो बच्चा ‘स्ट्रेस’ का कारण गर्भमै गुमेको हुँदा दोस्रो बच्चा ९सुविहानी० को स्वास्थ्य र भविष्यका लागि कुनै जोखिम लिन नचाहेको स्पष्ट पारे।
यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा भोगेको दुःख पनि उनले उल्लेख गरे। उनको भनाइमा, भरतपुर महानगरले ६० करोड बराबरको संरचना त लिए पनि निर्माण सामग्री खर्चको १८ करोड ४३ लाख रुपैयाँ अझै तिर्न बाँकी छ, जुन अहिले पनि उनकै नाममा दायित्व भएर बसेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे