
काठमाडौँ । सरकारले प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच बुधबार भएको १० बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले औपचारिक रूपमा अनुमोदन गर्दै तुरुन्त कार्यान्वयनमा लैजान संबंधित मन्त्रालयलाई निर्देशन दिएको छ। यस सहमतिको विवरणलाई नेपाल राजपत्रको अतिरिक्ताङ्कमार्फत प्रकाशित गर्ने निर्णय पनि गरिएको सूचना तथा प्रविधि मन्त्री तथा सरकारी प्रवक्ता जगदीश खरेलले बताए।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ का घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो। त्यस्तै उनले सम्झौतालाई सम्बन्धित सबै मन्त्रालयले कार्यान्वयन सुरु गर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे