
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालसँग एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरेको हाम्रो पार्टी नेपालले आफ्नो निर्णय परिवर्तन गरेको छ।
मंसिर १० गते दुवै पार्टीबीच सहमति भई उज्यालो नेपाल पार्टीको बलेको चिम चिन्ह लिएर चुनाव लड्ने तयारी थियो। तर कानुनसम्बन्धी जटिलता बढ्ने निष्कर्षपछि हाम्रो पार्टी नेपाल सहमतिबाट अलग भएको केन्द्रीय सदस्य प्रेमनारायण विकले जानकारी दिए।
उनका अनुसार एउटै चिन्हमा गए सांसदहरूको पदसमेत जोखिममा पर्न सक्ने भएकाले अब पार्टीले आफ्नै चिन्हमा चुनाव लिने निर्णय गरेको छ। “हामी दुवै पार्टीबीच चुनावी तालमेल भने गर्नेछौँ,” विकले स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे