
काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि निकोलस भुषालको गिरफ्तारीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले समान विषयमा अभिव्यक्ति दिएका महेश बस्नेतमाथि कुनै कारबाही नगरी निकोलसलाई मात्रै पक्राउ गरिएकोप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै गुरुङले लेखेका छन्, “निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो?”
उनले लामो मौनता र निरन्तर भइरहेको अन्यायप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, “बन्द कोठामा प्रश्न गर्दा–गर्दा थाकेँ, लाग्छ आन्दोलन हार्दैछ।”
गुरुङको उक्त वक्तव्य सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ। धेरै प्रयोगकर्ताले उनको समर्थन गर्दै सरकार र गृहमन्त्रीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्।
यसैबीच, जेनजी आन्दोलनसँग जोडिएका अन्य अभियन्ताहरूले पनि समान मुद्दामा असमान व्यवहार भएको आरोप लगाउँदै न्याय, पारदर्शिता र निष्पक्ष कारबाहीको माग गरेका छन्।
गृहमन्त्रालयले भने यस विषयमा आधिकारिक प्रतिक्रिया अझै सार्वजनिक गरेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे