
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भित्र असन्तुष्टि तीव्र बनेको छ। पार्टीका केही नेताहरूले नेकपा माओवादी केन्द्रसहित नौ बाम घटकबीच हुन लागेको एकताप्रति असहमति जनाउँदै आज बिहान १० बजे बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गर्ने भएका छन्। स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनलाई राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय र समृद्धितर्फ उन्मुख बनाउन वैचारिक रूपमा मिल्ने शक्तिहरू एकजुट हुनुपर्ने उल्लेख छ।
उनले लामो समयदेखि एकताको प्रयास भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको बताउँदै हालको अवस्थाले नयाँ दिशा तय गर्न आवश्यक रहेको बताएकी छन्। झाँक्रीको पत्रकार सम्मेलन नौ बाम घटकबीच आज दिउँसो भृकुटीमण्डपमा हुन लागेको पार्टी एकता घोषणाअघि हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे