
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आइतबार भेट्ने भएकी छिन्। बालुवाटारमा दिउँसो ४ बजे हुने यो बैठकमा सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी हुनेछन्। तीमध्ये कोशीका हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह रहनेछन्।
प्रधानमन्त्री कार्कीले संघीय र प्रदेश सरकारबीचको सम्बन्ध अझ राम्रो बनाउन र आपसी सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो बैठक बोलाएकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे