
काठमाडौँ । सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच आज दिउँसो त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्षलाई सहभागी गराई निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यसहित बैठक बोलाउनुभएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। बैठकमा आगामी निर्वाचनका तयारी, राजनीतिक स्थिरता र आपसी समन्वयका विषयमा केन्द्रित छलफल हुने बताइएको छ।
छलफलमा विभिन्न आठ/नौ समूहका जेन–जी प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र प्रधानमन्त्रीसहित मन्त्रीहरूको उपस्थिति रहनेछ। यसअघि प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेन–जी समूहसँग छुट्टाछुट्टै रूपमा संवाद गर्नुभएको थियो भने यसपटक सबै पक्षलाई एउटै मंचमा ल्याएर सर्वदलीय त्रिपक्षीय छलफल गर्न लाग्नुभएको हो।
बैठकबाट आगामी राजनीतिक सहमति र निर्वाचनको स्पष्ट खाका तय हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे