
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (मंगलबार) ललितपुरको जावलाखेलस्थित रामबाघ महल, पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुँदैछ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थिति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि राजनीतिक प्रस्ताव, समसामयिक घटना र विविध विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो। सो बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने निर्णय गरे पनि मिति र स्थान भने आजको बैठकले टुंगो लगाउनेछ।
अध्यक्ष ओलीको प्रतिवेदनमा जेन-जी आन्दोलन, घुसपैठ, सार्वजनिक सम्पत्तिको तोडफोड, अलोकतान्त्रिक ढंगले अन्तरिम सरकार गठन, असंवैधानिक संसद विघटन र त्यसका असरलगायत विषय समेटिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे