
काठमाडौँ । गाजामा हमासले कब्जामा राखेका बन्धकहरूलाई सोमबार छाड्ने तयारी भएको छ। इस्रायली मिडिया अनुसार सोमबार बिहान ४ देखि ६ बजेसम्म केही बन्धकहरू छाडिनेछ भने सिएनएनले भने बिहान ८ बजे मात्र उनीहरूलाई छाडिने बताएको छ। रेडक्रसको जिम्मामा बन्धकहरू हस्तान्तरण गरिने भए पनि कुन स्थानबाट भन्ने अझै खुलाइएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै मध्यपूर्व सामान्यीकरणको सुरुवात हुने बताएका छन्। यसैबीच इजरायल र हमासबीच युद्धविराम तेस्रो दिनसम्म कायम छ। युद्धविरामपछि हजारौं प्यालेस्टिनीहरू गाजा सहर फर्किन थालेका छन्।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसमध्ये १० नेपाली मारिएका थिए र कञ्चनपुरका विपिन जोशीसहितका बन्धकहरूको अवस्था अझै अज्ञात छ। त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा गाजामा ६७ हजारभन्दा बढी मानिस मारिएको दाबी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे