
काठमाडौँ । नेपाली कांग्रेससँग जोडिएको विद्यार्थी संगठन नेविसंघले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङविरुद्ध उजुरी दिएको छ। नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दर्ता गर्दै २४ घण्टाभित्र उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेको हो।
नेविसंघका अनुसार बालेन र सुदनले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साउने काम गरे, जसका कारण भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटसम्म भएको दाबी गरिएको छ। ती घटनाबाट राष्ट्रिय सम्पदा, सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको नेविसंघले आरोप लगाएको छ।
उजुरी दिनेमा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्। उनीहरूले प्रहरीलाई कारबाही नगरे आंदोलन अझै चर्किन सक्ने चेतावनी दिएका छन्। नेविसंघले कानूनी प्रक्रिया मार्फत बालेन र सुदनलाई जवाफदेही बनाउन माग गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे