
काठमाडौं । इजरायल र हमासबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य हुने सहमति भएको छ। बिहीबार अमेरिकाको पहलमा दुवै पक्षले युद्धविराम गर्ने निर्णय गरेका हुन्। यो सम्झौताअनुसार गजामा हमासले कब्जामा राखेका बन्धकलाई चरणबद्ध रूपमा छाड्ने र इजरायलले पनि प्यालेस्टिनी कैदीलाई रिहा गर्ने सहमति भएको छ। साथै, गजाबाट इजरायली सेना फर्किने र अब त्यहाँ कुनै आक्रमण नगर्ने सहमति भएको छ।
पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका ५० जना बन्धक (जसमा जीवित र मृतक दुवै छन्) छाड्नेछ। हाल सार्वजनिक सूचीमा २० जना जीवित बन्धकको नाम समावेश छ, जसमा सबै इजरायली नागरिक रहेका छन्। तीमध्ये २१ वर्षीय मतन अंग्रेस्त, २७ वर्षीय जिव बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, ३६ वर्षीय माक्सिम हरकिन, ४७ वर्षीय ओमरी मिरन लगायतका छन्।
तर, अझै २८ जना बन्धकको अवस्था अस्पष्ट छ। तीमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अझै पत्ता लागेको छैन। विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेर गजामा लगेका थिए। मे महिनामा, इजरायलले सार्वजनिक रूपमा तीन बन्धकहरू अझै जीवित छन् कि छैनन् भन्ने प्रश्न उठाएको थियो, जसमा इजरायली बन्धक तामिर निम्रोदी, नेपाली बन्धक बिपिन जोशी र थाई बन्धक पिन्टा नट्टापोङलाई उल्लेख गरिएको थियो। जुनमा गाजाबाट नट्टापोङको शव बरामद गरिएको थियो। इ यो युद्धविरामले बन्धक परिवारहरूलाई आशा भने दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे