
काठमाडौं । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी जीवितै रहेको इजरायली मिडियाले दाबी गरेका छन् । इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। जोशीले आफ्नै कोठामा हमासले फ्याँकेका दुई ग्रेनेडमध्ये एउटा बाहिर फ्याँकेर आफ्नो र साथीहरूको ज्यान जोगाएका थिए ।
हमासको अपहरणमा परेयता एकपटक उनी घाइते अवस्थामा अस्पतालमा उपचारका क्रममा देखिएको दाबी गरिएको थियो ।उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे ९नेपालको राती १०ः४० बजे० सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ । नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ। जोशी दुई बन्धकहरू मध्ये एक हुन् जसको बारेमा इजरायलले गम्भीर चिन्ता व्यक्त गरेको छ, तर जसको मृत्यु भएको सेनाले पुष्टि गरेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे