
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले स्वीकृत गरेको छ।
कार्यतालिका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ। पहिलो-पछिल्लो प्रणालीअन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाइनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। त्यसपछि दुवै प्रणालीका मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ।
समानुपातिक प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना र पौष १८–१९ गते बन्दसूची पेश गर्ने कार्यक्रम छ। आयोगले राजनीतिक दलहरूलाई कार्तिक ३० भित्र दर्ता प्रमाणपत्र लिइसक्न सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे