
काठमाडौँ । आज नवरात्रको आठौँ दिन, जसलाई वडादसैं पनि भनिन्छ, कालरात्रि देवीको पूजा गरिँदै छ। कालरात्रि नौ दुर्गामध्ये सातौँ देवी हुन्। काललाई समेत नष्ट गर्न सक्ने शक्तिशाली देवीको रूपमा कालरात्रिलाई पूजा गरिन्छ। यिनी कृष्ण वर्णकी, डर लाग्दो आकृतिकी देवी मानिन्छिन्।
सामान्यतया सप्तमीमा पूजा गरिने भए पनि यस वर्ष चतुर्थी तिथि दुई दिन परेकोले कालरात्रिको पूजा अष्टमीमा परेको छ।यस वर्ष घटस्थापना असोज ६ गते सोमबार गरिएको थियो। त्यस दिनदेखि क्रमश: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, र कात्यायनी देवीको पूजा भइसकेको छ। आज कालरात्रिको पूजा भैरहेको छ।
नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र देवी स्तोत्रहरू पाठ गरिन्छ। देवीको पूजा गरेमा शक्ति, बुद्धि र समृद्धि प्राप्त हुने विश्वास छ। आजकै दिन फूलपाती पनि दशैँ घर वा पूजा कोठामा भित्र्याइन्छ। अपराह्न भित्र्याउने चलन छ र यसका लागि साइत हेर्नु पर्दैन। यसरी नेपालीले १५ दिनसम्म वडादशैँ पर्व मनाउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे